राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनुपर्छ : गोकुल बाँस्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने बहसले सार्वजनिक आकार लिन थालेको छ । केही कार्यकर्ताले लेख तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिबाट बाहिरिएपछि विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनुपर्ने अवाज उठाएकोमा अब नेतृत्व तहबाटै बहस थालिएको छ । एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सीधै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने टिप्पणी गर्दै भण्डारीलाई पार्टी नेतृत्वमा पुनःस्थापित गर्न बहस थालेका छन् ।

एमालेभित्र कुनै विषयमा विचार निर्माण गर्ने सन्दर्भमा बाँस्कोटाका अभिव्यक्ति तथा उनले उठाएका विषय निर्णायक हुने गरेका छन् । पछिल्लो समय उनले प्रादेशिक संरचनाको औचित्यमाथि समेत प्रश्न उठाउँदै आएका छन् । बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने भनी थालेको बहसमा उठेका प्रश्नमा समेत जवाफ दिने क्रममा विद्या भण्डारी एमालेको अध्यक्ष बन्न सक्ने आशय प्रकट गरेका छन् ।

बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीतिक गर्नु हुँदैन भनने कानूनी व्यवस्था नरहेको र राजनीतिबाट उनीहरू राष्ट्रपति बन्ने भन्दै रामवरण यादवले पनि आफ्नो मान्यता अनुरूपको राजनीति गरिरहेको बताएका छन् । उनले भनेका छन्, ‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन । राजनीतिबाटै उनीहरू राष्ट्रपति बनेका हुन्छन् । एकमात्र पूर्वराष्ट्रपतिले पूर्वमान्यता अनुरूपको राजनीति गरेकै छन् । मेरो सीधा मत छ वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’ एमालेमा बाँस्कोटाले जसरी मुख नखोले पनि भित्रभित्रै धेरै नेता विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनुपर्ने पक्षमा देखिएका छन् । बाँस्कोटाले शान्त तलाउमा ढुंगा हानेर माहौल बुझ्न खोजेको अर्थमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...