बिहे गरेर ल्याएको भोलिपल्टै विदेशीलाई नागरिकता दिन सकिँदैन : कमल थापा



हाम्रो इकोनोमि

 

 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टोमात्र नभएको बताएका छन् । थापाले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताएका हुन् ।

गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई थापाले भने ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ, जन्मसिद्ध नागरिकका सन्तानले सहजरूपमा नागरिकता पाउनुपर्छ । तर, विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन ।’

युवाहरू राजनीतिक स्वार्थको गोटि बन्नु नहुने उनको भनाइ छ । सरकार र दलहरूको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन नसकेको टिप्पणी गर्दै लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हाबी भएको थापाको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...