उत्कृष्ट प्रेरक वक्ता ज्ञवालीलाई राष्ट्रिय हेल्थ अवार्ड



हाम्रो इकोनोमि

 

सञ्चारकर्मी सुदन ज्ञवालीलाई राष्ट्रिय हेल्थ अवार्ड प्रदान गरिएको छ ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं वार्षिकोत्सवका अवसरमा पोखरामा मंगलबार भएको कार्यक्रममा ज्ञवालीलाई अवार्ड प्रदान गरिएको हो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले ज्ञवालीलाई अवार्ड प्रदान गर्नुभएको हो ।

कोराना भाइरसको महामारीका बेला खोप लगाउन प्रेरित गरेको भन्दै उहाँलाई उत्कृष्ट प्रेरक वक्ताकारुपमा अवार्ड प्रदान गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्कले जनाएको छ ।

हाल डब्लुएओमा कार्यरत सञ्चारकर्मी ज्ञवालीले सकारात्मक सोच विकासका लागि विभिन्न ठाउँमा प्रेरक वक्ताको रुपमा भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी र लुम्बिनी प्रदेशका स्वास्थ्यसँग सम्बन्धित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एनआरएनए निवर्तमान उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, पत्रकार किशोर नेपाल, दीपेन्द्र श्रेष्ठ, विमला भण्डारीले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...