राष्ट्रपति भण्डारीको निर्णय अत्यन्तै सही : मेयर बालेन्द्र शाह



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नागरिकता बिद्येयक प्रमाणिकरण नगर्ने राष्ट्रपति बिद्यादेवी भण्डारीको निर्णय अत्यन्तै सही रहेको बताउनु भएको छ । राष्ट्रपति भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाउनु भएको नागरिकता बिद्येयकलाई गठबन्धनले निर्णय गरेर जस्ताको तस्तै पठाएपछि राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्न अस्वीकार गर्नुभएको निर्णय अत्यन्तै सही रहेको मेयर बालेनले बताउनु भएको हो ।

राष्ट्रपति भण्डारीले संबिधान नमानेको आरोप गठबन्धन आवद्ध नेता र बुद्धिजिविहरुले लगाइरहँदा मेयर बालेनले प्रतिवाद गर्दै निर्णय सही रहेको र राष्ट्रियताको अडानप्रति राष्ट्रपतिको सही निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने बताउनु भएको छ । राष्ट्रपति भण्डारीले मंगलवार मध्यरातीसम्म समय रहेको सो बिद्येयकलाई प्रमाणिकरण नगरी निश्कृय बनाउनु भएको छ । यस बिषयमा मेयर बालेनले सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो निश्कर्ष सुनाउँदै भन्नुभएको छ, ‘राष्ट्रियताको अडानप्रति राष्ट्रपतिको सही निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने छन ।’

 

 

नागरिकता बिद्येयक प्रमाणिकरण नगरेकोमा आम जनताले राष्ट्रपतिको प्रसंशा गरेका छन भने सत्ता गठबन्धनमा आवद्ध रहेको नेता कार्यकर्ता, कानून ब्यवसायीहरुले भने बिरोध गरेका छन । मुलुक जोगाउन राष्ट्रपतिले चाल्नुभएको कदम सही र उपयुक्त भएको जनमत भने बिरोधका आवाजभन्दा तेब्बर बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...