पारीजातको झ्यालबाट एमालेको सूचना दुर्लभको कोठामा
पछिल्लो समय नेकपा एमाले भक्तपुर जिल्लाको गतिविधि कटुञ्जे स्थित पारिजात बचत तथा ऋण सहकारी संस्थामा बढ्न थालेको छ । सहकारीमा एमालेको वित्तीय होइन,सूचनाको कारोवार अर्थात खेती बढ्न थालेको हो । स्थानीय निर्वाचन पश्चात सो सहकारीमा एमालेको क्षेत्र र नगरको बैठक बस्दै आएको छ । सो बैठकमा उठेका कुराहरु जस्ताको त्यस्तै कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाको घरमा पुग्ने गरेको समाचार छ ।
स्रोतका अनुसार ,सो सहकारीका अध्यक्ष धूर्ववहादुर रायमाझीले स्थानीय निकायको निर्वाचनमा एमालेलाई जिताउन सहयोग गरेको, एमालेका स्थानीय नेताहरुलाई भ्रम छ । अध्यक्ष रायमाझी एमाले निकट भएको स्थानीय एमालेका नेताहरु भ्रममा परेकै कारण सो सहकारीमा खास गरेर सूर्यविनायक नगर कमिटीले बैठक मात्रै होइन, प्रशिक्षण कार्यक्रमहरु समेत धेरै पल्ट संचालन गर्दै आएको छ । सजिलोको लागि नगर कमिटीले सो सहकारीमा बैठक तथा प्रशिक्षण संचालन गर्दै आएको हो , वा भाडा नलाग्ने भएर संचालन गर्दै आएको हो,त्यो त एमालेका नेताहरुलाई नै थाह होला । तर, पक्कै पनि जानीजानी सूचना चुहिने ठाउँमा वैठक तथा प्रशिक्षणका लागि एमालेका नेताहरुले रोजेका पक्कै होइनन, होला । त्यसोत, कांग्रेस सभापति थापाको घर पनि कटुञ्जेमा भएर सूचना चुहिएको चाही होइन् । थापाकै डिजाइनमा सहकारीका अध्यक्ष रायमाझी प्रयोग भएका कारण सूचना चूहिएको स्रोतको दावी छ । एमालेका नेताहरुसंग रायमाझीको साँझविहानको उठ्बसले नजिकिएको निर्वाचनमा एमालेलाई होइन, कांग्रेसलाई नै लाभ कटुञ्जेका चियापसलहरुमा चर्चा छ ।
पछिल्लो पटक एमालेले भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभा र क्षेत्रको उम्मेदवारीहरुको सिफारिस बैठक समेत त्यहाँ नै राखेको थियो । सो बैठकमा भएका सम्पूर्ण गतिविधिहरु लाईभकाष्ट जस्तै कांग्रेस सभापति थापाले थाह पाएकोमा आफू तीन छक्क परेको आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एमालेका एक स्थानीय नेताले जानकारी गराए । उनका अनुसार, नजिकिएको प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा एमाले विरुद्ध रणनीति तय गर्न उद्देश्यका साथ सो सहकारीलाई एमालेको औपचारिक –अनौपचारिक बैठक संचालन गर्ने थलोको रुपमा प्रयोगमा ल्याइएको हो । आफ्नो क्षेत्रमा खेलाडीका रुपमा परिचित रायमाझीले एक तीरले दुई शिकार गरिरहेका छन । एकातिर सहकारीमा एमालेको बैठक संचालन गर्न दिएर एमालेका नेताहरुलाई प्रभावमा पारिरहेका छन, भने अर्कोतिर एमालेको सूचनाहरु सभापति थापाकोमा पु¥याउने मिडिटर भएर कांग्रेसलाई गुणलाई रहेका छन् ।
यस पटक प्रतिनिधि सभाको निर्वाचनमा आफै लड्न कसिएका थापा जसरी पनि निर्वाचन जित्ने रणनीति बनाइरहेका छन् । दुई पटक जिल्ला सभापति भएका थापा यस पटक महेश बस्नेतलाई जिल्लामा हराएर राष्ट्रिय राजनीतिको मैदानमा उत्रिने कसरतमा छन् । आफूलाई प्राप्त भएको सूचना मार्फत टिकट लगायत अनेकौ कारणले असन्तुष्ट देखिएका एमालेका नेता–कार्यकर्तासंग खेल्नका लागि सहकारीका अध्यक्ष रायमाझीलाई थापाले प्रयोग गरेका हुन् । बस्नेतलाई हराउन निकै मसिनोसंग लागि परेका थापा,क्षेत्र भरिका एमाले नेता बस्नेतसंग असन्तुष्ट नेता–कार्यकर्ताहरुको उनले लिष्ट बनाउने र उनीहरुसंग विभिन्त्र माध्यमबाट संम्पर्क जारी राख्दै आएका छन् । त्यसोत, जग्गा कारोवारी रायमाझी पेशाले वकिल हुन् । ललितपुरको टिकाथलीमा बसोबास गर्दै आएका राममाझीले भक्तपुरका एमाले नेताहरुलाई एमाले भएको भ्रम छरे पनि ललितपुरको पुनारावेदन अदालतमा उनी कांग्रेसी पेशाकर्मी भएको उल्लेख छ । त्यति मात्रै होइन, सो सहकारीको सचिव किरण थापा समेत नातामा कांग्रेस सभापति थापाको आफन्त पर्छन ।