काठमाडौंमा दिनदहाडै गोली हानी व्यापारीको हत्या (हेर्नुस् भिडियो)



हाम्रो इकोनोमि

 

 

देशको राजधानीमै सोमबार साँझ व्यापारीको गोली हानी हत्या भएको छ । सर्लाहीको हरिवन घर भएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीको गोली हानी हत्या भएको हो ।

मोहम्मद जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर कारमा गोठाटार फर्किएका थिए । कारबाट झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भयो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएकाहरुले उनीमाथि गोली चलाएका थिए । गोली चल्न थालेपछि मोहम्मद गोली छल्नलाई कारको वरिपरि भाग्दै घुमिरहे तर हतियारधारीले गोली हान्न रोकेनन् । घटनास्थलको सीसीटीभी फुटेजमा रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिहरुले गोली हानेर भागेको देखिएको छ ।

गोली चलेको सुनेपछि घरभित्र रहेकी मोहम्मदकी छोरी एक तलामाथिबाट हामफालेर गोली हान्नेलाई लखेट्दै गएको सीसीटीभीमा देखिएको छ । गोली लागेर मोहम्मद गम्भीर भएपछि गोली हान्ने समूह पेस्तोल त्यहीं फालेर मोटसाइकलमा भागेको प्रत्यक्षदर्शीको भनाइ छ ।

मोटरसाइकलमा आउँदा दुई जना आएको र भाग्ने क्रममा तीन जना थिए । घटनास्थलबाट पेस्तोल बरामद भएको छ । घटनास्थलमा काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ ।मोहम्मदको त्रिवि शिक्षण अस्पतालमा उपचाररतको क्रममा मृत्यु भएको हो । उनी १० बर्ष जेल बसेर तीन बर्ष पहिला मात्र छुटेका थिए । गोलीकाण्डको पुरानो घटनासँगै कनेक्शन रहेको आशंका गरिएको छ ।

 

हेर्नुस् सीसीटीभी फुटेज

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...