सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्न नेपाल प्रहरीको यस्तो तयारी



हाम्रो इकोनोमि

 

 

नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल) को सहयोग लिने तयारी गरेको छ । बलात्कारको आरोप लागेसँगै सम्पर्कविहीन भएका लामिछानेलाई खोजेर नियन्त्रणमा लिन प्रहरीले इन्टरपोलको सहयोग लिने तयारी गरेको प्रहरी स्रोतको दाबी छ ।

केन्याबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज पुगेका लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशाला काठमाडौंमा जाहेरी परेको थियो ।

आरोप लागेसंगै सीपीएल खेलबाट बाहिरीएका लामिछानेले सामाजिक संजाल फेसबुक मार्फत आफु निर्दोष रहेको र स्वदेश फर्किएर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर आरोप लागेको १० दिन पुग्दासम्म पनि सम्पर्कविहीन भएपछि लामिछानेलाई नियन्त्रण लिन प्रहरीले इन्टरपोलको सहयोग लिन तयारी गरेको हो । लामिछाने हाल कुन देशमा छन् भन्ने बारे न प्रहरी जानकार छ न नेपाल क्रिकेट संघ क्यान नै ।

 

लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले कालोसूचीमा राखेको छ । बलात्कार आरोपमा जाहेरी परेसंगै राष्ट्रिय टिमबाट निलम्बनमा परेका लामिछानेलाई अध्यागमनले कालोसूचीमा राखेको हो । लामिछाने विमानस्थलबाटै पक्राउ गर्नका लागि कालोसूचीमा राखिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...