निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र निवासमै नजरबन्द
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासमै नजरबन्द गरिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय भएको दाबी गर्दै जबराले आज सर्वोच्च अदालतको नियमित काममा फर्कने तयारी गर्दै गर्दा सरकारले उनको निवासको मुलगेटमा तालाबन्दी गरेर नजरबन्दमा राखेको हो ।
अहिले जवराको निवासमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यता सर्वोच्च अदालतको परिसरमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।