डा. सन्दुक रुइत र सुधन ज्ञवाली सम्मानित



हाम्रो इकोनोमि

 

 

नागरिक समूहले तिलगङ्गा आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइत र प्रेरक वक्ता सुधन ज्ञवालीलाई अभिनन्दन तथा सम्मान गरेको छ । समूहले यहाँ शनिबार आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक अन्तर्क्रिया तथा अभिनन्दन कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई अभिनन्दन गरे ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा रूइतले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका थिए । विश्वविख्यात सरल र कम लागतको मोतियाविन्दुको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’ का सुरुआतकर्ताका रूपमा परिचित डा रुइतले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनमा कार्यरत ज्ञवालीले यसअघि लामो समय रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सञ्चार माध्यममा काम गरिसकेका छन् । पछिल्लो चरणमा प्रेरक वक्ताका रुपमा ज्ञवालीले सकारात्मक सोचसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...