६४ यताका निर्वाचनमा माओवादीको ओरालो यात्रा : विष्णु रिजाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले नेकपा माओवादी केन्द्र हरेक निर्वाचनमा ओरालो लागिरहेको दाबी गरेका छन् । आज एक ट्वीटमार्फत उनले २०६४ यताका निर्वाचनको नतिजा केलाउँदा यस्तो तथ्य देखिएको उल्लेख गरेका हुन् ।

‘२०६४ सालयताका हरेक निर्वाचन केलाउँदा माओवादी निरन्तर ओरालो लागिरहेको छ,’ उनले लेखेका छन्,‘भर्खरै सम्पन्न स्थानीय निर्वाचनसम्म आइपुग्दा यो पार्टी १२ प्रतिशतमा सीमित भएको छ ।’ भर्खरै चितवन माओवादीका प्रभावशाली नेता एमाले प्रवेश गरेको पनि उनले उल्लेख गरेका छन् ।

रिजालको भनाई जस्ताको तस्तै

०६४ सालयताका हरेक निर्वाचन परिणामहरु केलाउँदा माओवादी निरन्तर ओरालो लागिरहेको छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनसम्म आइपुग्दा यो पार्टी १२ प्रतिशतमा सीमित भएको छ । हिजो मात्रै केन्द्रीय सदस्य यामबहादुर किसानलगायतका नेता–कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । हिजो जनयुद्ध लडेका शीर्षस्थ नेताहरु नै नेकपा (एमाले) को नेतृत्वमा रहनुले नेकपा (एमाले) नै कम्युनिस्ट आन्दोलनको मियो हो भन्ने देखाइरहेकै छ । कम्युनिस्ट पार्टीको साइनबोर्ड झुण्ड्याएर कांग्रेसको सेवा गर्ने, वामपन्थीका विरुद्ध दक्षिणपन्थी गठबन्धन बनाउने, कांग्रेसका सभापतिलाई आफ्नो मुख्य नेता मान्ने र एउटाविरुद्ध अर्कालाई प्रयोग गर्ने अवसरवादी नीति बोक्ने जस्ता कारणले ढिलो–चाँडो यो पार्टी इमानदार कार्यकर्ताले छाड्नुबाहेक विकल्प रहँदैन ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...