माओवादी केन्द्रीय सदस्य, चितवन जिल्ला सहइन्चार्ज एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धक्का लाग्ने गरी सो पार्टीका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्य परियार हाल चितवन जिल्ला सहइन्चार्ज छन् । एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गरेका परियारको एमाले प्रवेशलाई सो पार्टीका नेताहरुले ठूलो उपलब्धिका रुपमा व्याख्या गरेका छन् । सोही कार्यक्रममा चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।

चितवनबाट ठूलो संख्यामा प्रभावशाली जिल्ला नेताहरु एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । न्यौपानेलाई एमालेले प्रचण्डविरुद्ध उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको छ । परियारलगायतका नेताहरुको प्रवेशलाई एमाले नेताहरुले टेलरमात्र भन्दै चुनावअघि थप धक्का दिइने दाबी गरेका छन् । एमाले प्रवेश गर्दै परियारले आफू चौथो महाधिवेशनदेखि विभिन्न कालखण्डमा माओवादी जनयुद्धमा होमिएको भन्दै कुनै न कुनै रुपमा सधैं महत्वपूर्ण भूमिकामा रहेर काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...