तातोपानी रसुवागढी नाका खुल्यो



हाम्रो इकोनोमि

 

चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रीएकाे छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेकाे छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेकाे छ । थप सात वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएकाे उनले बताए ।

यता तातोपानी नाकाबाट कति कन्टेनर दैनिक नेपाल भित्रिन्छन् भन्ने स्पष्ट जानकारी नआएकाे भन्सार कार्यालयले जनाएको छ । बिहीबार भित्रिएकाे कन्टेनरमा एउटामा कच्चा उन  र अर्कोमा जलविद्युत् पूर्वाधारका सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...