राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाँदै रवीन्द्र मिश्र



हाम्रो इकोनोमि

 

 

विवेकशील-साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र सो पार्टीको ठूलो हिस्सा लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गर्न तयार भएका छन् । यद्यपि सबै कुरा टुंगिइसकेको छैन ।

एकतामा जाँदा मिश्रले पहिलो वरियताको उपाध्यक्षमा सहमति जनाएको स्रोतले बताएको छ । यसअघि उनलाई सहअध्यक्ष बनाउने गरी छलफल अघि बढेको थियो । तर, उपाध्यक्ष बुद्धिमान तामाङलगायतका केही नेताको विरोधका कारण यसमा सहमति भएन । अध्यक्ष राजेन्द्र लिङ्देनले पनि पार्टीको विधानमै सहअध्यक्षको व्यवस्था नभएकाले आफूलाई अप्ठेरो परेको सुनाएपछि मिश्र लचक बनेका हुन् ।

बुद्धिमान भने मिश्रलाई पहिलो वरियताको उपाध्यक्ष दिनसमेत सकारात्मक छैनन् । एकतामा सबैभन्दा बाधक देखिएका बुद्धिमानकै नेतृत्वमा अध्यक्ष लिङ्देनले वार्ता समिति बनाएका थिए । समितिमा भुवन पाठक र निरञ्जन थापा सदस्य छन् । उनीहरुसहित राप्रपाको ठूलो हिस्सा मिश्र समूहसँग एकतालाई लिएर उत्साहित छ । तर, बुद्धिमानसहितका एकाध नेताहरुले अड्को थापेर अध्यक्ष लिङ्देनलाई सकस परेका छन् ।

राप्रपासँग एकता हुने-नहुने एकदुई दिनभित्रै टुंगो लाग्ने स्रोतले बतायो । मिश्र सुरुदेखि अत्यन्तै लचक भए पनि यदि सम्मानजक एकताको परिस्थिति नभएको खण्डमा अन्तिम समयमा भाँडिन सक्ने विवेकशील-साझा स्रोतको दाबी छ । तर, सम्मानजनक एकता भएको खण्डमा भने सो पार्टीको आधाउधी हिस्सा राप्रपामा जान तयार देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...