म सौभाग्यशाली हुँ – प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति आफूमा केन्द्रित हुने स्थिति बनेको भन्दै यसको रक्षाका लागि मिहिनेत गर्न अपिल गरेका छन् । यस स्थितिबाट कहिलेकाहिं म सौभाग्यशाली हुँ कि अभागी भन्ने लाग्ने गरेको पनि प्रचण्डले सुनाए । माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘कहिलेकाहिं त म सौभाग्यशाली हो कि, अभागी हो कि जस्तो लाग्छ । तपाईंले हेर्नुभयो भने कांग्रेस पनि त्यहीँ हुन्छ, एमाले पनि त्यहीँ हुन्छ, अरु पार्टी पनि त्यहीँ हुने जो स्थिति बनेको छ । तपाईं हामी सबैले यो ठूलो कुरा छ, यसको रक्षा गर्नुपर्छ भनेर भनिदिनुभयो, बुझिदिनुभयो भने र मैले जत्तिकै सबैले मिहिनेत गरिदिनुभयो भने ठूलो कुरा हुन्छ भन्ने लाग्छ ।’

राजनीतिको केन्द्र आफू बन्दा जनयुद्धको बेलामा जस्तो फुर्सद पनि नहुने अनुभव उनले सुनाए । अहिले आफूले जनयुद्धको बेलामा भन्दा बढी मिहिनेत गर्ने गरेको भन्दै प्रचण्डले पार्टीका नेता-कार्यकर्ताहरुलाई पनि पार्टीलाई बलियो बनाउन मिहिनेत गर्न सुझाए । माओवादी केन्द्र देशकै पहिलो कम्युनिष्ट पार्टी बन्ने वस्तुगत आधार स्पष्ट रहेको दाबीसमेत उनले गरे । ‘म के देख्छु भने यो पार्टी फेरि एकपटक राम्रो रिभाइभ हुने पूरै सम्भावना छ । स्थानीय चुनावबाट देशलाई कता लैजाने भन्ने चाबी माओवादीको हातमा परोस् भन्ने जनताको चाहना स्पष्ट देखिएको छ,’ प्रचडले भने, ‘जनता हामीसँग छन् ।’

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनकै बेला माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहे पनि आन्तरिक व्यवस्थापनमा कमजोरी भएकाले त्यो अवसर गुमेको प्रचण्डले बताए । ‘स्थानीय तहको निर्वाचनमा हामीले पार्टी भित्रको व्यवस्थापनलाई राम्रो गर्न सकेको भए एक नम्बर पार्टी बन्ने वस्तुगत आधार क्लियर देखिन्छ,’ प्रचण्डले भने, ‘हामीले पहिले जितेका ५० भन्दा बढी स्थानीय तह, जहाँ जनमत हाम्रै पक्षमा देखिन्छ, जनमत हाम्रै पक्षमा हुँदाहुँदै पनि हामीले आन्तरिक व्यवस्थापन राम्रोसँग गर्न नसक्दा त्यति गुम्यो हाम्रो । यदि त्यो नगुमेको हुन्थ्यो भने आज हामी देशको पहिलो पार्टी बनिसकेका हुन्थ्यौं ।’ हालसम्मको राजनीतिक परिवर्तनको रक्षाका लागि पनि माओवादी पार्टी बलियो हुनुपर्ने र चुनाव जित्नुपर्ने प्रचण्डको भनाइ छ । उनले भने, ‘यो परिवर्तनको रक्षा गर्न र यसलाई अगाडि बढाउने माओवादी पार्टी बलियो बनाउन जरुरी छ । माओवादी कमजोर भयो अब भन्ने दिन परिवर्तनको रक्षा गर्न धेरै गाह्रो हुन्छ ।’ उनले आगामी निर्वाचनमा अझ बढी इमान्दारीताका साथ मिहिनेत गर्न सकेमा माओवादीको जितलाई कसैले रोक्न नसक्ने प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...