नेकपा एमाले चितवन काठमाडौं सम्पर्क मञ्चको आयोजनामा च्यासल ललितपुरमा रक्तदान कार्यक्रम



हाम्रो इकोनोमि

 

डेङ्गुको कारण देशमा सिर्जित हुनसक्ने रगत अभावको जोखिमलाई
न्यूनिकरण गर्न सबैले आफ्नो तह र तप्काबाट रक्तदान कार्यक्रम गर्नुपर्ने र पार्टिले
समेत देशमा हुनसक्ने रगत अभावलाई गम्भिर रुपमा लिन सकोस भन्ने हेतुले पार्टि
कार्यालयमा नै रक्तदान कार्यक्रमको आयोजना गरिएको चितवन काठमाडौं सम्पर्क
मञ्चका अध्यक्ष रामचन्द्र कडेलले बताउनु भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमालेका स्थायी कमिटी
सदस्य एंव सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितले महत्वपूर्ण समयमा
राम्रो कार्य गर्नु भएको हुँदा सिङ्गो सम्पर्क मञ्च टिमलाई धन्यवाद दिनु भएको
थियो ।
रक्त्तदान जिवनदान भन्दै प्रमुख अतिथीले कार्यक्रमको सुरुवात गर्नू भएको
थियो भने कार्यक्रममा सम्पर्क समन्वय कमिटि संयोजक श्याम कुमार बस्नेत
सल्लाहकार समिति सदस्य रामहरी सिलवाल बागमति प्रदेश सम्पर्क कमिटिका
सदस्य धर्मराज पौडेल सम्पर्क मञ्चका अध्यक्ष रामचन्द्र कडेल  सचिव
कृष्ण प्रसाद पौडेल सह सचिव प्रकाश पाठक लगायत ३४ जनाले रक्तदान
गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...