गठबन्धन सरकारविरुद्ध अनसन बस्दै गोबिन्द केसी



हाम्रो इकोनोमि

 

 

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले गठबन्धन सरकारविरुद्ध अनसन थाल्ने भएका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको गठबन्धन सरकारले जनस्वास्थ्यमा ध्यान नदिएको भन्दै केसी अनसन बस्न लागेका हुन् ।

आमरण अनसन बस्नका लागि उनी प्रधानमन्त्री देउवाको गृहप्रदेशस्थित कैलालीको धनगढीतिर लागेका छन् । धनगढी प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले चुनाव लडेको क्षेत्र पनि हो । डा. केसीले ६ बुँदे माग राख्दै देउवा सरकारलाई अल्टिमेटम दिएका थिए । सरकारले माग पूरा नगरेको भन्दै उनले २०औं अनशन शुरू गर्ने तयारी गरेका छन् । सोमबार साँझ ५ बजेदेखि केसी धनगढीमा अनसन बस्दैछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...