कोटेश्वरमा फेरि चल्यो महानगरको डोजर



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो ।

अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको थियो । सोही क्रममा अन्य स्थानको फुटपाथ पनि महानगरले खाली गर्न भन्दै आएको थियो । तर महानगरको सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भर्‍याङ, सिंडीहरु हटाउन महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

उनले महानगरभरि रहेका अनधिकृत संरचना हटाउने अभियान निरन्तर भएको भन्दै अटेर गरेमा बल प्रयोग गर्ने बताए । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...