असोज १ गते अन्तिम बैठक राखेर सांसदहरुलाई बिदाइ गर्दै सभामुख



हाम्रो इकोनोमि

 

०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरु आगामी असोज १ गते बिदा हुने भएका छन् । असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

वर्षअघि अर्थात २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरु पहिलो पटक सोही सालको फागुन २१ संसद प्रवेश गरेका थिए । प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निर्क्योल भएसँगै सोही दिन अर्थात असोज १ गते अन्तिम बैठक राखेर सांसदहरुलाई बिदाइ गर्न लागिएको हो ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको मनोनयन असोज २ गते तय भएकाले त्यसअघि सांसदहरुलाई बिदाइ गर्न लागिएको हो’संसद सचिवालय स्रोतले भन्यो, ‘असोज १ मा अन्तिम बैठक राख्ने र त्यसपछि सभामुखले भोज दिएर विदाई गर्ने कार्यक्रम छ ।’

संसद सचिवालयले भदौ २९ गते बैठक राखेको छ । सोही दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने सरकारको तयारी  छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...