७०-८० सीटका लागि गठबन्धन चाहिन्न : शेखर कोइराला



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको एकल बहुमत आउन कम्तीमा सय सीटमा उम्मेदवारी दिनुपर्ने बताएका छन् । बहुमत नल्याउने भए गठबन्धन गरेर चुनाव लड्नुको औचित्य नरहने उनले प्रष्ट्याएका छन् । गृहजिल्ला मोरङमा आइतबार आयोजित कार्यक्रममा पार्टीको केन्द्रीय कार्य समिति बैठकले नै गठबन्धनबाट कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने भनेकाले सोही अनुसार सीट बाँडफाँटको प्रयास भइरहेको कोइरालाले बताए ।

उनले भने, ‘कांग्रेसले १०० सीटमा उम्मेदवारी दिनुपर्छ । ७० र ८० सिटमा दिएर त बहुमत आउँदैन,’ ‘हाम्रो बहुमत आउने गरी गठबन्धन गर्ने भन्ने केन्द्रीय समितिको निर्णय हो ।’ कोइरालाले ८०/८५ सीटमा उम्मेदवार दिएर कांग्रेसले बहुमत नल्याउने र उल्टै पार्टीमा विद्रोह हुने भन्दै २०७४ सालमा कांग्रेस एक्लैले जितेका क्षेत्र छाड्न नसकिने बताए । यो कुरा आफूले माओवादी अध्यक्ष प्रचण्डलाई पनि भनिसकेको कोइरालाले कार्यकर्तामाझ सुनाए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...