म निर्दोष छु, लिग सकिनासाथ नेपाल फर्किन्छु : सन्दीप लामिछाने



हाम्रो इकोनोमि

 

 

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका हुन् । कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको बताए । सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ ।

‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ,’ मल्लले भने ।सन्दीपले आफ्नो कानूनी प्रक्रियामा क्यानले सहजीकरण गरिदिने आशा पनि व्यक्त गरेका छन् । उनले राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह गरेको मल्लले जानकारी दिए । यसैबीच, क्यानले सन्दिपमाथि तत्काल कुनै एक्सन नलिने भएको छ । हिजो क्यानका पदाधिकारीहरुबीच भएको अनौपचारिक कुराकानीमा अहिले पर्ख र हेरको रणनीति लिने समझदारी भएको हो ।

मल्लले भने, ‘अहिलेसम्म सन्दिप एक आरोपी मात्र हुन् । जाहेरीकै आधारमा मात्र हामीले कारवाही गर्न हतार नगरौं भन्ने सल्लाह भएको छ । भोलि प्रहरीले अदालतमा मुद्दा दायर गरिसकेपछि हामी आफ्नो निर्णय लिनेछौं ।’ सन्दीप सीपीएल खेल्न केन्याबाट वेस्टइन्डिज गएका थिए । ३१ अगष्टबाट सुरु भएको सीपीएल १ अक्टोबरसम्म चल्नेछ । जमैका तल्लावाजमा अनुवन्धित सन्दीपले अहिलेसम्म टिमले खेलेका ३ वटा खेलमा प्लेइङ ११ मा स्थान पाएका छैनन् । आज जारी म्याचमा पनि उनलाई टिमले वेञ्चमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...