पदम लाेहारकाे प्रस्तुती “राजकुमार” बाेलकाे गीत सार्वजनिक



हाम्रो इकोनोमि

 

 

पदम लोहारको प्रस्तुतीमा राजकुमार बोलको गीत सार्वजनिक भएको छ । पदमकै लेखन र सत्यञ्स्वरूपको सङ्गीत रहेको यस गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्यले आवाज दिएका छन् । यस गीतलाई गोपाल रसाईलीले सङ्गीत संयोजन गरेका हुन् । यसको रेकर्डिङ्ग राजेश श्रेष्ठले गरेका हुन् भने मिक्सिङ्ग अनि मास्टरिङ्ग चाहिँ किशोर थापाले गरेका छन् । वेस्टर्न कलरमा आधारित स्लो रक प्याटर्नको गीतलाई म्यूजिक भिडियो सहित तयार पारिएको छ ।

जसलाई तोसित घतानीले निर्देशन गरेका हुन् । भिडियोमा स्वयं सत्यराज आचार्य र अभिनेत्री रिमा मिधुन मगर र सृजन भट्टराईले अभिनय गरेका छन् । रन्जन महतको छायाङ्कन अनि निर्देशक तोसितकै सम्पादन रहेको भिडियोको रङ्ग संयोजन विप्लव गौलीले गरेका छन् । भिडियोलाई सत्यञ्स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...