चितवनमा म कमजोर भए : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना चकनाचुर भएको आरोप लगाएका छन् । चितवनको माडी नगरपालिका क्षेत्रमा रहेको हुलाकी सडकअन्तर्गत पर्ने रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा कसरी असफल बनाउने भनी षड्यन्त्र गरेको बताए ।

‘राजनीतिक स्थायित्व र विकास सपना देखेर हामीले नेकपा बनाएका थियौं । केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ उनले भने,‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हो त्यो सपना चकनाचुर भयो ।’ ओलीले पटक-पटक प्रतिनिधिसभा विघटन गर्ने र आफूलाई कसरी हुन्छ चितवनमा असफल पार्नेबाहेक कुनै काम नगरेको प्रचण्डको टिप्पणी थियो ।

‘पटक-पटक प्रतिनिधिसभा विघटन गर्ने र प्रचण्डलाई चितवनमा कसरी असफल पार्ने भन्नेबाहेक प्रधानमन्त्रीका रूपमा मेरा अर्का सहअध्यक्षबाट अरु केही भएन । म प्रष्ट भन्न चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...