रौतहट–काठमाडौं सम्पर्क मन्चको भेला सम्पन्न



हाम्रो इकोनोमि

 

 

 

नेपाल कम्युनिष्ट पार्टी एमाले रौतहट–काठमाडौं सम्पर्क मन्चको भेला काठमाडौंमा सम्पन्न भएको छ । सम्पन्न सो भेलाबाट रौतहट–काठमाडौं सम्पर्क मन्च क्षेत्र नं. १ को अध्यक्षमा शैलेन्द्रकुमार यादव, क्षेत्र नं. २ को अध्यक्षमा उदय जयसवाल, क्षेत्र नं. ३ को अध्यक्षमा डा. अरुणकुमार साह र क्षेत्र नं. ४ को अध्यक्षमा ईन्दल साह रहने गरी ७५ सदस्यीय कमिटी गठन भएको छ ।

सदस्यहरुमा लक्ष्मण धिताल, सुरेश श्रेष्ठ, सजीत चौधरी, नरेश मगर, गोविन्द श्रेष्ठ, गोविन्द कटुवाल, सुचिन्द्र थापा, बिजय भट्टराई, सानु लामा, उमेश घिमिरे रहेका छन् । यसैगरी राम सुरत चौधरी, दिपेन्द्र चौधरी, शेख सफरुदिन, देवेन्द्र साह, रमेश कुश्वाहा, बिन्दलाल साह, रामनरेश ठाकुर, फिरोज चौरसिया, अर्जुनप्रताप पटेल लगायतका रहेका छन् ।

भेलाको उदघाटन गर्दै एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनको तयारीमा जुटन निर्देशन दिए । पाँच दलीय गठबन्धनको सरकारले देशलाई कंगाल बनाउन लागेको आरोप लगाउदै उनले देशलाई समृद्ध बनाउनका लागि आगामी निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार निर्माण हुने गरी निर्वाचनको तयारीमा जुटनुपर्ने आवश्यक्ता रहेको बताए ।

यसैगरी एमाले स्थायी कमिटीका सदस्य एवं पूर्वमन्त्री प्रभु साहले आगामी निर्वाचनबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार बन्ने ठोकुवा गरेका छन् । ४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट केन्द्र र प्रदेशमा एमालेको बहुमतको सरकार बन्ने निश्चित रहेको दावी साहले गरेका छन् । भेलामा बिभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...