नागरिकता विधेयक जस्ताको तस्तै पारित नर्गन प्रदीप ज्ञवालीको चेतावनी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक टाउका गनेर पारित गरिएको त्यसको दुष्परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । राष्ट्रपतिबाट सन्देशसहित फिर्ता विधेयक पुन: पेस भएपछि जारी प्रतिनिधिसभा बैठकको छलफलमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले सन्देशसहित फिर्ता पठाएको विधेयक अरु विधेयकसरह छलफल गर्नुपर्ने कानूनी प्रावधान सम्झाउँदै प्रत्येक सदस्यले संशोधनको माग राख्न पाउनुपर्ने अधिकार कुण्ठित गर्न नहुने बताए ।

सत्ता गठबन्धनले विधेयकलाई जस्ताको तस्तै पारित गर्ने कुरा गरेकोप्रति ज्ञवालीले आपत्ति जनाए । ‘सुधार गर्ने अवसर राष्ट्रपतिबाट दिइएको छ । सत्तापक्ष त्यसो गर्न खोजेको छैन । जस्ताको तस्तै पारित गर्ने कुरा गरेर सदनले टुंग्याउने विषय बन्द कोठामा बसेर संकुचन गर्न मिल्छ कि मिल्दैन ?, ज्ञवालीको प्रश्न थियो ।

राष्ट्रपतिबाट उठाइएका संवेदनशील विषयमाथि प्रतिनिधिसभामा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने ज्ञवालीको माग छ ।ज्ञवालीले भने, ‘यो केबल कुनै समुदाय विशेषको कुरा होइन यो त सिंगै देशको साझा सवाल हो । संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजन गर्नु किमार्थ राम्रो हुन्न । हेड काउण्ट गरेर त टुंग्याउनु होला तर जबर्जस्ती टुंग्याएर आत्मरती लिन मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...