नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने गठबन्धनको निर्णय



हाम्रो इकोनोमि

 

 

सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद‍्मा पेश गर्ने निर्णय लिएको छ । आज बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद‍्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको छ । गठबन्धन बैठकमा सहभागी कानूनमन्त्री गोविन्द वन्दीले विधेयकलाई यसअघिकै प्रक्रियाबाट पारित गरिने बताए । ‘सम्मानित राष्ट्रपतिले आफ्नो संविधानमा भएको अधिकार प्रयोग गर्नुभएको हो । प्रतिनिधिसभा नियमावली अनुसार सरकारले फेरि विधेयक संसद‍्मा पेस गर्छ ।’ उनले विधेयकलाई समितिमा नलैजाने निर्णय भएको जानकारी दिए ।

‘पहिले पनि समितिमा लगिएको होइन । अहिले पनि समितिमा जाँदैन । हाउसमै छलफल हुन्छ । संसद् बैठकबाटै पारित गर्ने गरी पेश गर्छौँ,’ उनले भने । यसअघि सरकारले प्रतिनिधिसभामा सर्टकर्ट विधिबाट एक दिनमा नागरिकता विधेयक पारित गरेको थियो । समितिमा नलगीकन हतारमा पारित गरेकोमा सरकार आलोचित बनेको थियो । तर, अब पनि सरकारले पुरानै शैली दोहोर्‍याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...