मुख्यमन्त्री र मन्त्रीहरु नै देउवा सरकारविरुद्ध धर्ना



हाम्रो इकोनोमि

 

 

पटक-पटक आग्रह गर्दा पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेसका मुख्यमन्त्री र मन्त्रीहरु धर्ना बसेका छन् । जनकपुरको मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरु धर्ना बसेका हुन् ‌। बिहान ११ः५० मा सुरु भएको धर्ना २ घण्टासम्म जारी राख्ने गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

संविधानमै प्रदेशलाई प्रहरी हस्तान्तरण गर्ने व्यवस्था छ । तर, संघले प्रहरी समायोजन गर्न चाहेको छैन । प्रधानमन्त्रीलाई प्रहरी समायोजनको काम अगाडि बढाउन पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरिएपछि गृह तथा सञ्चारमन्त्री साहले पत्रकार सम्मेलन गरी सातदिने अल्टिमेटम दिएका थिए ।

अल्टिमेटम दिएको समयभित्र पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेपछि बाध्य भएर अनसनमा बस्नुपरेको मन्त्री साहले बताए । माग पूरा नभएसम्म संघीय सरकारविरुद्ध आन्दोलन जारी राख्ने उनले जानकारी दिए । अनसनमा प्रतिपक्षी दल लोसपा र एमाले भने सहभागी छैन ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...