महान्यायाधिवक्ता खातीलाई निलम्बन गर्नुपर्छ : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई निलम्बनको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले महान्यायाधिवक्ता खातीमाथि आरोपै–आरोप लगाउँदै निलम्बनको माग गरेका हुन ।

सांसद बस्नेतले महान्यायाधिवक्ता खातीमाथि ललितपुरको इमाडोलमा १३ वर्षिया बालिकामाथि भएको बलात्कारको मुद्दा दबाउने भूमिका खेलेको, बुढिगंगा नगरपालिकामा आफ्नो दाजुलाई जिताउन बुथ कब्जादेखि अनेक हर्कत गरेको, बालुवाटार प्रकरणमा सिआइबीले २०७८ पौषमा पेस गरेको फाइल पुरा नभएको भनेर फिर्ता गराउने र त्यसको हदम्याद गुजार्ने काममा लागेको, बलात्कारका आरोपी सिद्धबाबालाई जोगाउन लागेको, ज्यान मार्ने उद्योगमा कांग्रेसका कार्यकर्ता जसले आफ्नो नेतालाई आक्रमण गरेका छ, उसका मुद्दा फिर्ता लिने काममा लागेको, पप गायक योगेश अमात्यको बारामा रहेको १२ बिगाहा जग्गा नक्कली पुर्जा बनाएर सघाएको र कुमारी बैंकमा कर्मचारी मिलेर संगठित ठगी प्रकरणमा लागेको आरोप लगाए ।

‘त्यसो भएको हुनाले उहाँले नेपाल सरकारको महान्यायाधिवक्ता पदमा बसिरहेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्नेमा यस्ता विवादित, यस्ता ठग र अपराधिक व्यक्तिलाई कुनैपनि हालतमा राख्नुहुँदैन,’ उनले भने, ‘तत्काल प्रधानमन्त्रीले निलम्बन गर्नुहुन माग गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...