एमालेका युवा नेता प्रत्यक्ष चुनावका लागि तम्तयार



 

 

पत्रकारिता क्षेत्रबाट राष्ट्रिय छवि बनाएका सूर्य थापा, विष्णु रिजाल, राजेन्द्र अर्याल  र सुवास देवकोटा आसन्न निर्वाचनमा नेकपा एमालेबाट पहिलोपटक प्रत्यक्ष चुनावको तयारीमा छन् । जिल्ला तहमा पार्टी काममा खटेर काम गरिरहेका उनिहरुको अहिले सम्भावित उम्मेदवारका रुपमा जिल्लामा चर्चा छ ।

हाल एमालेको पोलिटव्युरो सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज रहेका थापा प्यूठानबाट प्रत्यक्ष चुनावको तयारी गरिरहेका हुन् । प्रेस चौतारी नेपालका केन्द्रीय सचिब रहिसकेका थापा लामो समय प्रचार विभाग उपप्रमुख र पर्यटन विभाग प्रमुख हुँदै पछिल्लो समय उनी जिल्ला इन्चार्जको भूमिका लिएर प्यूठानमा केन्द्रित छन् । जिल्लामै अहोरात्र खटिएका थापाले स्थानीय चुनावमा परिणाम निकाल्न सफल भएका छन् । प्रष्ट बक्ताको छवि बनाएका थापा अहिले पनि जिल्लामै सक्रिय छन् ।

त्यस्तै दुईपटक एमाले केन्द्रीय सदस्य भइसकेका प्रचार विभाग उप प्रमुख विष्णु रिजाल पनि जिल्लाबाटै प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । प्रेस चौतारी नेपालका पुर्व महासचिव रिजाल दैलेख क्षेत्र नम्बर २ बाट उनी एमालेको उम्मेदवार तयारी गरिरहेका छन् । आफ्नो भुगोललाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेका रिजाल यसअघी प्रदेशसभाका लागि सिफारिसमा परेका थिए।

यस्तै प्रेस चौतारी नेपालका पुर्व अध्यक्ष राजेन्द्र अर्याल पनि गुल्मी क्षेत्र २ बाट प्रत्यक्ष निर्वाचनको तयारीमा जुटिरहेका छन् । लामो समय एमाले गुल्मी – काठमाडौ सम्पर्क मञ्चमा रहेका अर्याल अध्यक्ष भएर काम गरेका थिए।लामो समय केन्द्रिय प्रचार बिभागमा काम गरेका उनि प्रेस चौतारी अध्यक्ष हुँदादेखि नै चर्चामा थिए।

तत्कालीन नेकपाका केन्द्रिय सदस्य बनेका अर्याल नेकपा भित्र विवाद हुदा देखि नै जिल्लाको पार्टी काममा खटिदै आएका हुन् । गुल्मी जिल्लाको पार्टी काममा केन्द्रित रहदै आएका अर्याल पार्टी बिबादका बेला जिल्लामा एमालेलाई जोगाउन निकै मिहिनेत गरेको बताइन्छ । युवाहरुबिच लोकप्रिय अर्याल गुल्मी २ का लागि चर्चामा छन् ।

लामो समय केन्द्रमा बसेर पत्रकारिता गरेका सिन्धुलीका सुवास देवकोटा पनि प्रत्यक्ष चुनावको तयारीमा रहेका छन् । एमाले केन्द्रीय सदस्य बनेका देवकोटा सिन्धुलीबाट चुनावको तयारीमा छन् । देवकोटा पछिल्लो समय जिल्लामै केन्द्रित छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ