१६५ मध्ये ९९ सीट कांग्रेसको बटमलाइन



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले मंसिर ४ गतेको निर्वाचनका लागि हुन लागेको तालमेलमा १६५ सीटको बाँडफाँट कसरी गर्ने भन्नेबारेमा आन्तरिक छलफल थालेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वपदाधिकारी तथा पधिकारीहरूको बैठक बोलाएका छन् । सोमबार प्रधानमन्त्री निवास भएको छलफलमा कार्यदलमा रहेका कांग्रेसका नेताहरू पनि सहभागी थिए ।

पूर्वपदाधिकारी तथा पदाधिकारीले प्रारम्भिक सल्लाह सुझाव दिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले कार्यदलमा रहेका पाँचै दलका सदस्यहरूसँग पनि छलफल हुने जानकारी दिए । आजै ३ बजे बस्ने कार्यदलको बैठकपछि पुनः छलफल हुने महतले बताए । पूर्वपदाधिकारी तथा पदाधिकारीहरूले गठबन्धनमा सीट बाँडफाँट गर्दा कांग्रेसले आफ्नो हैसियत भुल्न नहुने सुझाव दिएका छन् ।

स्रोतका अनुसार गठबन्धन गर्दा कांग्रेसले १०६ सीट जित्ने अवस्था रहे पनि सुरुमै ६०/४० को कुरा गरेर आफ्नो पोजिसन कमजोर पारेकोमा केही नेताले असन्तुष्टि जनाएका छन् । कांग्रेसले कम्तीमा ९९ सीट नछाडी ६६ सीटमा लोसपासहित समेटेर वृहत गठबन्धन बनाउन लागेको स्रोतले जनाएको छ । यद्यपि छलफल गर्दै जाँदा ९० सीटमा कांग्रेस लडेर ७५ सीट गठबन्धनका घटकहरूलाई दिनुपर्ने अवस्था आउन सक्नेबारे पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...