१६५ मध्ये ९९ सीट कांग्रेसको बटमलाइन



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले मंसिर ४ गतेको निर्वाचनका लागि हुन लागेको तालमेलमा १६५ सीटको बाँडफाँट कसरी गर्ने भन्नेबारेमा आन्तरिक छलफल थालेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वपदाधिकारी तथा पधिकारीहरूको बैठक बोलाएका छन् । सोमबार प्रधानमन्त्री निवास भएको छलफलमा कार्यदलमा रहेका कांग्रेसका नेताहरू पनि सहभागी थिए ।

पूर्वपदाधिकारी तथा पदाधिकारीले प्रारम्भिक सल्लाह सुझाव दिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले कार्यदलमा रहेका पाँचै दलका सदस्यहरूसँग पनि छलफल हुने जानकारी दिए । आजै ३ बजे बस्ने कार्यदलको बैठकपछि पुनः छलफल हुने महतले बताए । पूर्वपदाधिकारी तथा पदाधिकारीहरूले गठबन्धनमा सीट बाँडफाँट गर्दा कांग्रेसले आफ्नो हैसियत भुल्न नहुने सुझाव दिएका छन् ।

स्रोतका अनुसार गठबन्धन गर्दा कांग्रेसले १०६ सीट जित्ने अवस्था रहे पनि सुरुमै ६०/४० को कुरा गरेर आफ्नो पोजिसन कमजोर पारेकोमा केही नेताले असन्तुष्टि जनाएका छन् । कांग्रेसले कम्तीमा ९९ सीट नछाडी ६६ सीटमा लोसपासहित समेटेर वृहत गठबन्धन बनाउन लागेको स्रोतले जनाएको छ । यद्यपि छलफल गर्दै जाँदा ९० सीटमा कांग्रेस लडेर ७५ सीट गठबन्धनका घटकहरूलाई दिनुपर्ने अवस्था आउन सक्नेबारे पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...