टानको अध्यक्षमा एमालेले राजेन्द्र सापकोटालाई लडाउने



हाम्रो इकोनोमि

 

 

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को अध्यक्ष नेकपा एमालेले राजेन्द्र सापकोटालाई लडाउने भएको छ ।

अध्यक्षका प्रतिस्पर्धी व्यवसायी राजेन्द्रप्रसाद सापकोटा पर्यटन क्षेत्रका विभिन्न संस्थाको नेतृत्वमा रहिसकेका व्यक्ति हुन । आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाको ठमेलमा पर्यटकीय होटल सञ्चालनमा छ । सापकोटा नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यसमेत हुन ।

सापकोटाले पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको बताएका छन । उनले निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रवद्र्धनात्मक कामलाई अघि बढाउने बताए । सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

यही साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका प्रत्याशी सापकोटाले आफ्नो चुनावी तयारी सुरू गरिसकेका छन ।  टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, बोधराज भण्डारी र कमल सापकोटाले पनि उम्मेदवारी दिने बताएका छन । व्यवसायिक संगठनहरूले सकेसम्म सहमतिमा नेतृत्व चय गर्ने प्रयास गरिरहेको भए पनि अन्तिममा दुइ वटा प्यानलकोबीचमा चुनाव हुने देखिएको छ ।

टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा करिब एक हजार आठसय व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...