टानको अध्यक्षमा एमालेले राजेन्द्र सापकोटालाई लडाउने



 

 

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को अध्यक्ष नेकपा एमालेले राजेन्द्र सापकोटालाई लडाउने भएको छ ।

अध्यक्षका प्रतिस्पर्धी व्यवसायी राजेन्द्रप्रसाद सापकोटा पर्यटन क्षेत्रका विभिन्न संस्थाको नेतृत्वमा रहिसकेका व्यक्ति हुन । आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाको ठमेलमा पर्यटकीय होटल सञ्चालनमा छ । सापकोटा नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यसमेत हुन ।

सापकोटाले पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको बताएका छन । उनले निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रवद्र्धनात्मक कामलाई अघि बढाउने बताए । सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

यही साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका प्रत्याशी सापकोटाले आफ्नो चुनावी तयारी सुरू गरिसकेका छन ।  टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, बोधराज भण्डारी र कमल सापकोटाले पनि उम्मेदवारी दिने बताएका छन । व्यवसायिक संगठनहरूले सकेसम्म सहमतिमा नेतृत्व चय गर्ने प्रयास गरिरहेको भए पनि अन्तिममा दुइ वटा प्यानलकोबीचमा चुनाव हुने देखिएको छ ।

टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा करिब एक हजार आठसय व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्