आगामी चुनावमा एमालेको बहुमत आउँछ : अध्यक्ष केपी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमतको सरकार गठन गर्न सकिने तथ्य राख्नुभएको छ ।नेकपा एमाले बिशेष प्रदेशको प्रशिक्षणमा बोल्दै अध्यक्ष ओलीले अबको चुनावपछि दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने तथ्य राख्नुभएको हो ।

‘एमालेलाई दुई तिहाइ चाहिन्छ । तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । तर, हामीले संगठित र योजनाबद्ध रूपमा काम ग¥यौं भने बहुमत ल्याउन सक्छौं । केन्द्रमा एकल सरकार, अप्ठेरो नपर्ने गरी सरकार बनाउन सकिन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

आफ्नो चाहनाअनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने ओलीले बताउनु भयो । ‘अवको चुनावमा एमालेले दुई तिहाई नल्याए पनि बहुमत ल्याउन सक्छ,’ ओलीले भन्नुभयो ।

 

 

उहाँले मुलुकलाई सहज अघि बढाउन एमालेको बहुमत अनिवार्य रहेको पनि बताउनु भयो । ‘केन्द्रमा एकल बहुमतको सरकार बनाउनुपर्यो । प्रदेशमा बहुमतको सरकार बनाउनुपर्यो,’ ओलीले भन्नुभयो ।

एमाले अध्यक्ष ओलीले अहिलेको सरकार ट्रयाक्टर जस्तो भएको बताउनु भयो । ‘बनाउन हामीले ट्रयाक्टर बनाएका छौं, परिकल्पना चाहीँ हेलिकप्टर जस्तो गर्छौं, यो ट्रयाक्टर भुरुर उडेर पर गएर डाँडामा बस्दे हुन्थ्यो भन्छौं’, ओलीले भन्नुभयो, ‘ट्रयाक्टर पनि थोत्रो, धुँवा फ्याँकने, अहिलेको जस्तो ट्रयाक्टरले देश बनाउँछ र ?’

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...