सिट बाँडफाँटका लागि गठबन्धनको ११ सदस्यीय कार्यदल गठन



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनले चुनावी सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई-दुई जना सदस्य राखिएका छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलले साउन मसान्तभित्र सबै निर्वाचन क्षेत्रको तथ्य आँकलन गरी सीट बाँडफाँटको मोडालिटीसहितको सुझाव पेस गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...