एमालेसँग एक्लै चुनाव लड्ने पार्टी देखिएन : विष्णु पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नेपालका कुनै राजनीतिक दलसँग नरहेको टिप्पणी गरेका छन् । गत स्थानीय चुनावजस्तै आगामी चुनावहरु पनि एमाले भर्सेस गठवन्धन हुने उनले बताए । आज पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै पौडेलले स्थानीय चुनाव कांग्रेसले जितेको भन्न नमिल्ने उल्लेख गरे ।

उनले भने, ‘स्थानीय तहको निर्वाचन कांग्रेसले जित्यो भन्ने सुन्छौं । माओवादीले जित्यो, जसपाले जित्यो आदि चर्चा गरेको पाउँछौं । तर सच्चाइ पृथक छ । यसको फरक ब्याख्या हुनुपर्छ । स्थानीय चुनावमा कांग्रेसले जितेको पनि होइन हारेको पनि होइन । कांग्रेसले खासमा चुनावै लडेन । माओवादी, जसपाहरुले पनि लडेनन् ।’ पौडेलले दुईवटा पार्टी र दुई प्रवृत्तिका विचमा चुनाव भएको बताए । स्थानीय चुनाव लडेको एक मात्र पार्टी नेकपा एमाले भएको उनको भनाइ थियो ।

‘अरुले पार्टीका रुपमा चुनाव लडेनन् । कांग्रेसले ललितपुरमा लड्यो ? चिरिबाबु कांग्रेसका होइनन् र भन्नुहोला । तर म भन्छु, कांग्रेसले ललितपुरमा लडेन । ७७ वटै जिल्ला र ७५३ पालिकामा कांग्रेसले लडेन । यो कुरा हामीले जनतालाई बताउन सक्छौं कि सक्दैनौं ?’ पौडेलले भने ।

उनले थपे, ‘नेपालको राजनीतिमा एमाले नामको यस्तो पार्टीको उदय भएको छ, जसको विचारसँग कुनै पार्टीको विचारको तुलना नै हुँदैन । एमालेसँग तुलना हुने कुनै पार्टी छैन । एमाले नामको पार्टीले यस्तो शक्ति निर्माण गर्यो कि यसका विरुद्धमा चुनाव लड्ने दुई खुट्टाले टेकेको पार्टी नेपाल नामको धर्तिमा देखिएन । एमालेका विरुद्धमा चुनाव लड्ने मात्र होइन, नोमिनेसन गर्ने आँट भएको पार्टी पनि नेपालमा छैन । आजको यथार्थ यही हो ।’

पार्टीका रुपमा एक्लै चुनाव लडेको एमाले मात्रै भएको उनले दोहोर्‍याए । ‘ललितपुरमा चिरिबाबुले कसरी जिते ? एकातिर एमाले र अर्कोतिर गठवन्धन लडेर जिते । कहाँ कांग्रेस, माओवादी लड्यो ? गठवन्धन लड्यो । एमाले भर्सेस गठवन्धनको बीचको चुनाव हो । यसरी बुझ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...