एमालेसँग गठबन्धन वा एकता हुन सक्छ : वर्षमान पुन



हाम्रो इकोनोमि

 

 

कपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज एवम् स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले एमालेसँग माओवादीको गठबन्धन वा पार्टी एकताको सम्भावना रहेको बताएका छन् ।

एमालेका नेताहरुसँग आफूहरुको संवाद भइरहेको समेत खुलासा गर्दै उनले दीर्घकालीन रुपमै काँग्रेससँग सहकार्यको नीतिमा आफूहरु नरहेको समेत स्पष्ट पारेका छन् । वामपन्थी र विचार मिल्ने शक्तिहरुसँग सहकार्य र एकताको प्रक्रियामा आफूहरू अघि धारणा उनले व्यक्त गरेका छन् ।

एक टेलिभिजन कार्यक्रमलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतको गल्ती महसुस गर्ने बित्तिकै रातारात पार्टी एकता त नहोला, तर सहकार्यको ढोका खुल्नेछ ।’ एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुन सक्ने उनको भनाइ छ ।

विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै उनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने बताउँदै सो कुरा बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...