जनार्दनलाई जनताले सजाय दिनेछन् : पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले बजेट माफियाकरण गरेको आरोप लगाएका छन् ।प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले व्यापारिक घरानासँगको सेटिङमा शर्माले बजेट ल्याएको बताए । ´अर्थमन्त्रीले जनताका लागि भन्दा पनि व्यापारिका पक्षमा बजेट ल्याएका छन् । देउवा र प्रचण्डका नजरमा त उनी चोखिएलान् । तर, जनताले सजाय दिनेछन् ।’

पाँचदलीय गठबन्धनका बाबजुद पनि एमालेको जनमत नघटेको उनको दाबी छ । २०७४ मा ३३ प्रतिशत मत ल्याएको एमालेले अहिले बढाएर ३४ प्रतिशत पुर्‍याएको पोखरेलले बताए । स्थानीय चुनावमा कांग्रेस पहिलो देखिएपनि आफ्नो सामर्थ्य नभई गठबन्धनको परिणाम भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...