गायक अमात्य र संगीतकार बज्राचार्यले जुजु फाउण्डेसनको उद्घाटन गरे



हाम्रो इकोनोमि

 

 

गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गरेका छन् । गायक अमात्य र संगीतकार ब्रजाचार्य शनिबार अपराहन्ह राजधानीको गल्फुटारमा अवस्थित फाउण्डेसनमा पुगेर उद्घाटन गर्दै फाउण्डेसनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

गायक अमात्यले आँफुले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेको भएता पनि नजिकमा संगीत बिद्यालय नहुँदा निकै कठिन परिस्थिीतिको सामना गर्नु परेको अनुभव सुनाए । तर अहिले यसरी जुजु फाउण्डेसन जस्ता संगीत साधानमा लाग्ने संस्था खुल्दा यसले आर्थिक अभावमा परेका तर कला र प्रतिभा भएकाहरुलाई सजिलै बाहिर ल्याउन मद्धत गर्ने बताए । त्यस्तै लोकप्रिय संगीतकार बज्राचार्यले जुजु फाउण्डेसनले अधिकतम आफ्नो खर्चमा संगीत सिकाउने र म्यूजिक भिडियो बनाएर बजारमा ल्याइदिने कदमले लुकेको प्रतिभा सहजै बाहिर ल्याउन सहजीकरण गरिदिने फाउण्डेसनको उदार कामको मुक्त कण्ठले प्रशंसा गरे । सो अवसरमा गायक अमात्यले जब सन्ध्या हुन्छ बोलको गीत गाएर सुनाएका थिए ।

 

त्यस्तै फाउण्डेसनका अध्यक्ष तथा गायक एवंम संगीतकार सुशिल श्रेष्ठ जुजुले संगीतमा विशेष रुची राख्ने तर आर्थिक अवस्था नाजुक भएकाहरुलाई फाउण्डेसनले सहयोग गरेर अडियो र भिडियो बनाउन मद्धत गर्ने प्रतिवद्धता जनाए । गैर नाफामुलक हिसाबले संचालनमा ल्याइएको फाउण्डेसन गरिब, असहाय र संगीतमा रुचि राख्ने जो कोहीका लागि पनि एउटा गन्तब्य बन्न सक्ने गायक जुजुको विश्वास रहेको छ । फाउण्डेसन करिब ५० लाखको लागतमा संचालनमा ल्याइएको हो । जसको आफ्नै रेकडिगं स्टुडियो समेत रहेको छ । गायक तथा संगीतकार ‘जुजु’को ‘माइतीको आँगन’ , सुनन , लगायतका गीतहरुले चर्चा कमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नेवानीका २ एयरहोस्टेज एयरपोर्टबाट पक्राउ

    घुमफिरका लागि मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै...

म्यानपावर व्यवसायीको आन्दोलन फिर्ता

    म्यानपावर व्यवसायीले कार्यालय बन्द गरेर थालेको आन्दोलन फिर्ता लिएका छन् ।...

काभ्रेमा जिप दुर्घटना, २ जनाको मृत्यु ,३ जना गम्भीर घाइते

    काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको...

पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...