गायक अमात्य र संगीतकार बज्राचार्यले जुजु फाउण्डेसनको उद्घाटन गरे



 

 

गायक योगेश्वर अमात्य र संगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गरेका छन् । गायक अमात्य र संगीतकार ब्रजाचार्य शनिबार अपराहन्ह राजधानीको गल्फुटारमा अवस्थित फाउण्डेसनमा पुगेर उद्घाटन गर्दै फाउण्डेसनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

गायक अमात्यले आँफुले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेको भएता पनि नजिकमा संगीत बिद्यालय नहुँदा निकै कठिन परिस्थिीतिको सामना गर्नु परेको अनुभव सुनाए । तर अहिले यसरी जुजु फाउण्डेसन जस्ता संगीत साधानमा लाग्ने संस्था खुल्दा यसले आर्थिक अभावमा परेका तर कला र प्रतिभा भएकाहरुलाई सजिलै बाहिर ल्याउन मद्धत गर्ने बताए । त्यस्तै लोकप्रिय संगीतकार बज्राचार्यले जुजु फाउण्डेसनले अधिकतम आफ्नो खर्चमा संगीत सिकाउने र म्यूजिक भिडियो बनाएर बजारमा ल्याइदिने कदमले लुकेको प्रतिभा सहजै बाहिर ल्याउन सहजीकरण गरिदिने फाउण्डेसनको उदार कामको मुक्त कण्ठले प्रशंसा गरे । सो अवसरमा गायक अमात्यले जब सन्ध्या हुन्छ बोलको गीत गाएर सुनाएका थिए ।

 

त्यस्तै फाउण्डेसनका अध्यक्ष तथा गायक एवंम संगीतकार सुशिल श्रेष्ठ जुजुले संगीतमा विशेष रुची राख्ने तर आर्थिक अवस्था नाजुक भएकाहरुलाई फाउण्डेसनले सहयोग गरेर अडियो र भिडियो बनाउन मद्धत गर्ने प्रतिवद्धता जनाए । गैर नाफामुलक हिसाबले संचालनमा ल्याइएको फाउण्डेसन गरिब, असहाय र संगीतमा रुचि राख्ने जो कोहीका लागि पनि एउटा गन्तब्य बन्न सक्ने गायक जुजुको विश्वास रहेको छ । फाउण्डेसन करिब ५० लाखको लागतमा संचालनमा ल्याइएको हो । जसको आफ्नै रेकडिगं स्टुडियो समेत रहेको छ । गायक तथा संगीतकार ‘जुजु’को ‘माइतीको आँगन’ , सुनन , लगायतका गीतहरुले चर्चा कमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
चैत ४ मा एमाले सचिवालय बैठक

    नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा.

पार्टी कमिटीमा व्यापक शुद्धीकरण गर्ने एमाले जरा अभियानको लक्ष्य

    नेकपा एमालेले तीन महिने वडा केन्द्रित अभियानमा सङ्गठनात्मक अराजकता र अवसरवादलाई

आन्दोलन गर्ने नेकपा एसको घोषणा

    नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। पत्रकार सम्मेलन गरेर

८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो

    त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र