केन्द्रीय बिभागका प्रमुख–उपप्रमुखलाई एमाले अध्यक्ष ओलीको निर्देशन



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न पार्टी केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरूलाई निर्देशन दिनुभएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बिभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । बैठकमा सवै बिभागको रिपोर्टिङ सुनेपछि अध्यक्ष ओलीले पार्टी कमिटीमा समन्वय नगरी अगाडि बढदा समस्या हुने तथ्य औल्याउँदै यस्तो निर्देशन दिनुभएको प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

‘कतिपय विभागबीच समन्वय गरेर काम गर्नुपर्ने हुन्छन । ती कामहरु समन्वय गरेर मात्रै गर्न तथा आआफ्ना विभागहरुले गर्नुपर्ने कामको कार्ययोजनासहित तीब्र गतिमा अगाड बढाउन अध्यक्षबाट निर्देशन भयो’, प्रचार विभाग उपप्रमुख रिजालले भन्नुभयो । अध्यक्ष ओलीले सबै विभागहरूलाई विषय केन्द्रीत भएर सक्रिय हुन, विज्ञहरूसँग परामर्श लिन तथा आफूले गर्ने कामको रोष्टर बनाएर अघि बढ्न र सरकारका गलत कामकारवाहीविरुद्ध खरो रूपमा उत्रन पनि निर्देशन दिनुभएको छ ।

बैठकमा ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवहरूले विभागीय कामको रिपोर्टिङ गर्नुका साथै वार्षिक कार्ययोजना पेश गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिनुभयो । दशौं महाधिवेशनपछि गठित बिभागको प्रमुख, उपप्रमुख र सचिवहरुको संयुक्त रुपमा आयोजित यो पहिलो बैठक हो । बैठकमा महासचिव शंकर पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...