केन्द्रीय बिभागका प्रमुख–उपप्रमुखलाई एमाले अध्यक्ष ओलीको निर्देशन



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीमा समन्वय गरेर मात्रै काम गर्न पार्टी केन्द्रीय विभागका प्रमुख र उपप्रमुखहरूलाई निर्देशन दिनुभएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बिभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । बैठकमा सवै बिभागको रिपोर्टिङ सुनेपछि अध्यक्ष ओलीले पार्टी कमिटीमा समन्वय नगरी अगाडि बढदा समस्या हुने तथ्य औल्याउँदै यस्तो निर्देशन दिनुभएको प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

‘कतिपय विभागबीच समन्वय गरेर काम गर्नुपर्ने हुन्छन । ती कामहरु समन्वय गरेर मात्रै गर्न तथा आआफ्ना विभागहरुले गर्नुपर्ने कामको कार्ययोजनासहित तीब्र गतिमा अगाड बढाउन अध्यक्षबाट निर्देशन भयो’, प्रचार विभाग उपप्रमुख रिजालले भन्नुभयो । अध्यक्ष ओलीले सबै विभागहरूलाई विषय केन्द्रीत भएर सक्रिय हुन, विज्ञहरूसँग परामर्श लिन तथा आफूले गर्ने कामको रोष्टर बनाएर अघि बढ्न र सरकारका गलत कामकारवाहीविरुद्ध खरो रूपमा उत्रन पनि निर्देशन दिनुभएको छ ।

बैठकमा ३३ वटै विभागका प्रमुख, उपप्रमुख र सचिवहरूले विभागीय कामको रिपोर्टिङ गर्नुका साथै वार्षिक कार्ययोजना पेश गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिनुभयो । दशौं महाधिवेशनपछि गठित बिभागको प्रमुख, उपप्रमुख र सचिवहरुको संयुक्त रुपमा आयोजित यो पहिलो बैठक हो । बैठकमा महासचिव शंकर पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...