यो सरकार विदेशीको कठपुतली हो : उपाध्यक्ष पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठवन्धन सरकार विदेशीले चलाएको आरोप लगाउनुभएको छ ।अर्थमन्त्रीको बजेट काण्ड देखि नागरित्ता विधेयक सबै विदेशीको ईसारा र निर्देशनमा आएको आरोप उपाध्यक्ष पौडेलले लगाउनुभयो । उपाध्यक्ष पौडेलले देशको सम्बृद्धि र सही दिशातर्फ लैजानका लागि अहिलेको संसद भंग गर्नुपर्ने बताउनुभयो ।

प्रेस चौतारी सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष पौडेलले अहिलेको संसदले देशलाई निकास दिन नसक्ने ठोकुवागर्दै तत्काल निर्वाचनमा जानुपर्ने बताउनुभयो । उहाँले गठबन्धन सरकारले संसदबाट पारित गरेको नागरिकता विधेयक विदेशीको इशारामा ल्याएको र यो सरकार विदेशीको कठपुतली भएको प्रमाणित गर्नुभयो ।

तत्कालिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो संसदबाट देशले निकास नपाउने भन्दै संसद विघटन गरी घोषणा गरेको निर्वाचनको औचित्य अहिले आएर गठबन्धन सरकारलेनै पुष्टि गरेको बताउनुभयो । पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले सरकारले ल्याएको बजेटको नाटक र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको थप पुष्टि गरेको दाबी गर्नुभयो ।

उहाँले बजेट बक्तव्यमा देखिएको तमासाले आम नागरिकमा सरकारको गोपनियतार विश्वास दुबै गुमेको बताउँदै तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । एमाले निर्वाचन सार्ने गठबन्धनको षडयन्त्रको मुकाबिला गर्न तयार रहेको पनि बताउनुभयो ।

आगामी निर्वाचन स्वच्छ, निश्पक्ष र धाँधलीरहित भएमा नेकपा एमालेले बहुमत ल्याउने र नभएपनि देशको सबैभन्दा ठूलो दल हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो । अर्थतन्त्रको परिसुचकले नेपालको अर्थतन्त्र अन्तन्त कमजोर रहेको र कुनै पनि विदेशी मुद्राको सञ्चिती सकिने बताउनुभयो । नेपालको अर्थतन्त्रले बस्तु र सेवा खरिद गर्न नसक्ने अबस्थामा पुगिसकेको बताउँदै एमालेले मुलुकको शासन सत्ता छोड्दा अर्थतन्त्र मजबुत रहेको उल्लेख गर्नुभयो ।

उहाँले विदेशीको इशारामा चलेको सरकारले देश गंभीर आर्थिक संकटमा पुर्याएको र यसको एउटै विकल्प एमालेको सरकार रहेको दाबी समेत गर्नुभयो । उहाँले यदि तत्काल संसद भंग गरी निर्वाचनमा नजाने हो भने देश दुरगतिको वाटोमा जाने ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...