यो सरकार विदेशीको कठपुतली हो : उपाध्यक्ष पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठवन्धन सरकार विदेशीले चलाएको आरोप लगाउनुभएको छ ।अर्थमन्त्रीको बजेट काण्ड देखि नागरित्ता विधेयक सबै विदेशीको ईसारा र निर्देशनमा आएको आरोप उपाध्यक्ष पौडेलले लगाउनुभयो । उपाध्यक्ष पौडेलले देशको सम्बृद्धि र सही दिशातर्फ लैजानका लागि अहिलेको संसद भंग गर्नुपर्ने बताउनुभयो ।

प्रेस चौतारी सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष पौडेलले अहिलेको संसदले देशलाई निकास दिन नसक्ने ठोकुवागर्दै तत्काल निर्वाचनमा जानुपर्ने बताउनुभयो । उहाँले गठबन्धन सरकारले संसदबाट पारित गरेको नागरिकता विधेयक विदेशीको इशारामा ल्याएको र यो सरकार विदेशीको कठपुतली भएको प्रमाणित गर्नुभयो ।

तत्कालिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो संसदबाट देशले निकास नपाउने भन्दै संसद विघटन गरी घोषणा गरेको निर्वाचनको औचित्य अहिले आएर गठबन्धन सरकारलेनै पुष्टि गरेको बताउनुभयो । पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले सरकारले ल्याएको बजेटको नाटक र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको थप पुष्टि गरेको दाबी गर्नुभयो ।

उहाँले बजेट बक्तव्यमा देखिएको तमासाले आम नागरिकमा सरकारको गोपनियतार विश्वास दुबै गुमेको बताउँदै तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । एमाले निर्वाचन सार्ने गठबन्धनको षडयन्त्रको मुकाबिला गर्न तयार रहेको पनि बताउनुभयो ।

आगामी निर्वाचन स्वच्छ, निश्पक्ष र धाँधलीरहित भएमा नेकपा एमालेले बहुमत ल्याउने र नभएपनि देशको सबैभन्दा ठूलो दल हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो । अर्थतन्त्रको परिसुचकले नेपालको अर्थतन्त्र अन्तन्त कमजोर रहेको र कुनै पनि विदेशी मुद्राको सञ्चिती सकिने बताउनुभयो । नेपालको अर्थतन्त्रले बस्तु र सेवा खरिद गर्न नसक्ने अबस्थामा पुगिसकेको बताउँदै एमालेले मुलुकको शासन सत्ता छोड्दा अर्थतन्त्र मजबुत रहेको उल्लेख गर्नुभयो ।

उहाँले विदेशीको इशारामा चलेको सरकारले देश गंभीर आर्थिक संकटमा पुर्याएको र यसको एउटै विकल्प एमालेको सरकार रहेको दाबी समेत गर्नुभयो । उहाँले यदि तत्काल संसद भंग गरी निर्वाचनमा नजाने हो भने देश दुरगतिको वाटोमा जाने ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...