सुनपानी छर्केर चोखो पारीयो जनार्दन शर्मालाई



हाम्रो इकोनोमि

 

 

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि विशेष समितिले गरेको छानबिनको प्रतिवेदन आज २ बजे सभामुखलाई बुझाउने भएको छ । आजको प्रतिनििधसभाको बैठकमै समितिले छानबिन प्रतिवेदन बुझाउने भएको हो । छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज २ बजे छानबिन प्रतिवेदन संसदमा बुझाउने बताए । उनले भने, ‘आज करिब २ बजे हाउसमै छानबिन समितिको प्रतिवेदन बुझाउने तयारी रहेको छ । समितिले गरेको छानबिनको प्रतिवेदन बुझाउने तयारीमा हामी रहेका छौं ।’

करको दर हेरफेर गरेको विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मादेखि अर्थसचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहिर पुष्करलगायतसँग बयान लिएर समितिले प्रतिवेदन तयार गरेको छ । सीसीटीभी फुटेजलगायतका विषयमा पनि समितिले अध्ययन गरेको थियो । सुरुमा १० दिनभित्र छानबिन गरेर प्रतिवेदन तयार गर्ने भनेर समिति गठन भएको थियो । तर, समितिले समय नपुगेको भन्दै ७ दिनको म्याद थप मागेको थियो । संसदले पनि ७ दिनको म्याद थप गरेपछि समितिले बुधबार प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले गल्ती प्रमाणित गर्ने प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ । साथै यो छानबिन आफैंमा पर्याप्त नभएको पनि अर्को निष्कर्ष पनि प्रतिवेदनमा समेटिएको छ । छानबिन समितिमा एमालेका ४, कांग्रेसका २, माओवादीका २, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीका १/१ जना सांसद रहेका छन् । यदि बहुमत-अल्पमतका आधारमा निर्णय लिनुपर्ने अवस्था आएको खण्डमा सत्तापक्षीय सांसदहरूको लाइन पारित हुनेछ ।

समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक छन् । कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सीताराम महतो, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एसबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...