प्रदर्शनकारीले इराकको संसद भवन कब्जा गरे



हाम्रो इकोनोमि

 

 

इराकमा प्रदर्शनकारीहरूले संसद भवनमा कब्जा गरेका छन् । धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीका विपक्षी उम्मेदवारको विरोधमा सांसद भवन कब्जा गरेको बीबीसीले जनाएको छ ।

उच्च सुरक्षा क्षेत्र तोडेर संसद भवन छिरेका प्रदर्शनकारीहरू भित्रै नाचगान गरेको भिडिओसमेत सार्वजनिक भएको छ । प्रदर्शनकारीहरूले कब्जा गरेको क्षेत्रमा विभिन्न देशका दूतावासलगायतका महत्वपूर्ण भवनहरू रहेको जनाइएको छ ।

 

 

इराकमा गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जितेको थियो । यद्यपि विभिन्न राजनीतिक समूहबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन । अक्टोबरको निर्वाचनमा जित दाबी गरेको शिया धर्मगुरु सदरको दलले प्रतिद्वन्द्वीसँग सहकार्य गर्न नचाहेको कारण हालसम्म पनि इराकमा सरकार गठन हुन सकेको छैन ।

 

अल-सदरका समर्थकहरू नै हाल उनीविरुद्ध प्रधानमन्त्री पदमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानीको विरोधमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले सांसद भवन कब्जा गरेसँगै इराकका प्रधानमन्त्री मुस्तफा अल-खादिमीले प्रदर्शनकारीहरूलाई संसद भवन छाड्न आग्रह गरेका छन् । सदरका समर्थकहरू सन् २०१६ मा पनि संसद भवन प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...