साउन १६ गते जनप्रदर्शन गदै एमाले



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध साउन १६ गते काठमाडौंमा मानवसागर उतार्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैैठकमा महासचिव शंकर पोखरेलले साउन १६ गते आयोजना गरिएको जनप्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी गराउने गरी सिंगो शक्तिपरिच उपत्यकास्थित पार्टी कमिटी र जनसंगठनलाई निर्देशन दिनुभयो । सिंगो शक्ति परिचालन गरी बढीभन्दा बढी जनतालाई सडकमा ल्याउन सवै जनसंगठन र उपत्यकाभित्र रहेका सवै पार्टी कमिटीले बिशेष ध्यान दिनुपर्नै महासचिव पोखेलले बताउनु भयो ।

आन्दोलन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले साउन १६ को जनप्रदर्शन बिशेष रहेकोले उपत्यकाका सवै जनतालाई उतार्न अभियान चलाइएको बताउनु भयो । नेकपा एमाले आन्दोलन परिचालन कमिटीको बिस्तारित बैठकमा बोल्दै एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका संयोजक श्रेष्ठले महंगीबिरुद्धको जनप्रदर्शनलाई सवैको साझा बनाएर अघि जाने योजनासमेत सुनाउनु भयो ।

 

बैठकमा सवै जनसंगठन, उपत्यकास्थित सवै पार्टी कमिटी र बागमति प्रदेश संगठन कमिटीलाई संख्या नै तोकिएको छ । बैठकमा प्रमुख अतिथि एमालेबरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले योजना बनाउने तर कार्यान्वयन नहुने बिगतको प्रबृत्ति यसपटक दोहोरिन नदिनका लागि बिशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...