जनार्दन शर्माले डिलिट गरेको सीसीटीभी फुटेज रिकभर



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन सुरू गरेको छ । सिंहदरबारमा बिहानबाट सुरु भएको बैठकमा प्रयोगशालाको रिपोर्ट खोलेर अध्ययन गर्न थालिएको हो ।

स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालाले पठाएको रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभीबाट डिलिट भएको भिडियो पनि समावेश छ । त्यसमा १४ गते रातिको भिडिओ समावेश रहे/नरहेको चाहिँ स्पष्ट भइसकेको छैन । अर्थमन्त्रालयले आफ्नो सीसीटीभीको रेकर्डमा १३ दिनपछि स्वतः फुटेज डिलिट हुने गरेको वक्तव्य दिएको थियो । त्यसपश्चात समितिले फरेन्सिक ल्याबमा सीसीटीभीको हार्डडिस्क नै पठाएर रिकभर गर्न लगाएको थियो ।

यदि १४ गते रातिको फुटेज पनि रिकभर भएको खण्डमा त्यसले नै ‘दूधको दूध पानीको पानी’ हुन सक्छ । उक्त फुटेजले त्यस रात अनधिकृत व्यक्तिको मन्त्रालयमा प्रवेश भएको थियो वा थिएन भन्ने स्पष्ट हुनेछ । बैठकपछि समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताए । यसका लागि ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गर्ने उनले जानकारी दिए ।

उनले पत्रकारसँग भने, ‘फरेन्सिक ल्याबको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन सुरु गरेका छौं । यो विश्लेषणको क्रममा नै छ । प्राविधिक विषय भएकाले फरेन्सिक ल्याबका विज्ञहरुबाटै जानकारी लिनुपर्ने देखियो ।’ समितिले ल्याबका विज्ञहरुलाई बेलुका ४ बजे आमन्त्रण गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...