माओवादीको भविश्य छैन : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी निरन्तर ओरालो यात्रामा रहेको बताउनु भएको छ । प्रेस चौतरी नेपाल कर्णाली प्रदेश कमिटीले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सो कुरा बताउनु भएको हो । २०६४ सालमा माओवादी र एमालेको मतान्तर धेरै ठूलो नभएको तर अहिले एमाले र माओवादीको मतान्तर निकै धेरै भएको तथ्य पनि महासचिव पोखरेलले राख्नुभयो ।

‘२०६४ सालमा माओवादीले ३० प्रतिशत मत पाएको थियो । एमालेले २२ प्रतिशत पाएको थियो । यो ठूलो मतान्तर होइन ’ पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै पोखरेलले भन्नुभयो ‘अहिले एमालेको ३४ प्रतिशत मत छ माओवादीको १२ प्रतिशत छ । यो चाँही ठूलो मतान्तर हो  मतको यो ढाँचाले माओवादी क्रमश ओरालो यात्रामा रहेको पुष्टी हुने उहाँले बताउनुभयो । ‘अहिले आर्थिक अवस्था अत्यन्त नाजुक बनेको छ, सरकार सुशासनको प्रश्नमा असफल देखिएको छ । र खुलेयाम रुपमा आफ्नो स्वार्थका लागि सत्ताको उपयोग गर्ने प्रबृत्ति बढेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...