रविन्द्र मिश्र काठमाडौं- १ बाट चुनाव लड्ने



हाम्रो इकोनोमि

 

 

विवेकशील-साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले आगामी संसदीय चुनावमा काठमाडौंबाट उम्मेदवारी दिने भएका छन् । अघिल्लो चुनावमा लडेको क्षेत्र नम्बर १ बाटै उनले दोस्रोपटक लड्ने तयारी गरेका हुन् । काठमाडौं-१ बाट उम्मेदवारी दिने निश्चित भए पनि विवेकशील-साझाबाटै लड्ने वा त्यसबाट अलग भएर स्वतन्त्र उठ्ने भन्ने तय भइनसकेको मिश्रनिकट स्राेतकाे भनाइ छ ।

विवेकशील-साझामा तीव्र विवाद उत्पन्न भएसँगै स्थानीय चुनावमा पार्टीले खराब नतिजा व्यहोरेपछि मिश्रले पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । अहिले उनी सो पार्टीको साधारण सदस्यका रुपमा छन् । मिश्रले राजीनामा दिएपछि विवेकशील-साझा भताभुंग अवस्थामा छ । पार्टीको एउटा बैठकसमेत बस्न सकेको छैन । कसैले कसैलाई टेर्ने अवस्था छैन ।

कतिपयले मिश्रलाई नेतृत्वमा फर्किन पनि सुझाव दिएका छन् । तर, पार्टीले आफ्नो विचारलाई ग्रहण नगर्ने अवस्थामा आफू नेतृत्वमा नफर्किने उनले स्पष्ट पारेका छन् । उनी विचार मिल्नेहरुसँग ध्रुवीकरणको पक्षमा  छन् । पार्टीमा निकास निकाल्नका लागि मिश्र अहिले पनि प्रयासरत छन् ।

केही समयअघि विवेकशील साझा र राप्रपाबीच एकताको चर्चा चलेको थियो । मिश्रले राप्रपा अध्यक्ष राजेन्दै लिङ्देनसँग केही चरण वार्ता पनि गरेका थिए । तर, पार्टीभित्र विवाद उत्पन्न भएपछि उनी रोकिए।

विवेकशील साझाबाट राजीनामा दिएपछि फेरि उनी राप्रपामा जान सक्ने गसिप सुरु भएको छ । तर, मिश्रले राप्रपासँग कुराकानी अघि नबढेको बताए । ‘पहिले तपाईंहरुको पार्टीभित्र रहेको विवाद सुल्झाउनुस, त्यसपछि छलफल गरौंला भनेको छु,’ मिश्रले भने । मिश्रले अघिल्लाे स‌सदीय चुनावमा काठमाडाै‌ १ बाट उम्मेदवारी दिएका थिए । त्यसबेला कांग्रेसका प्रकाशमान सिंहले उनलाई झिनो अन्तरले हराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...