माइक्रोबस चढेर ओली पार्टी कार्यालयमा पुगे



हाम्रो इकोनोमि

 

 

सधैं सेतो जीपमा आउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माइक्रो बसबाट ओर्लिंदा च्यासलस्थित पार्टी कार्यालयमा रहेका नेता, कार्यकर्ता र कर्मचारीका लागि सरप्राइज भयो । मंगलबार दिउँसो अध्यक्ष ओली आफ्नो गाडीमा होइन माइक्रोबसमा पार्टी कार्यालय पुगेका थिए । सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लागेका ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबस देखेपछि आफ्नो गाडी छाडे ।

आफू पनि माइक्रोबसबाटै पार्टी कार्यालय जाने भनेर अध्यक्ष ओली बसेपछि युवा संघ अध्यक्ष किरण पौडेल, नेता क्षितिज थेबेलगायत सबैजना त्यसैमा बसे । ओलीका अंगरक्षक माइक्रो बसमै बसे भने स्कर्टिङ गाडी पछि पछि लाग्यो । काठमाडौं-सिन्धुली रुटमा चल्ने माइक्रोबस आयोजकले रिजर्भ गरेर बालकोट लगेका थिए । ओलीले आफ्नो गाडी छाडेर सोही माइक्रोबसमा चढेपछि सुरक्षाकर्मी असिनपसिन भएका थिए ।

बालकोटदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयसम्मको यात्रा गरेपछि पूर्वप्रधानमन्त्री ओलीले वातावरण संरक्षण र पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सार्वजनिक यातायात आवश्यक रहेको बताएको युवा संघका नेता थेबेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...