सिटिजन्स बैंकले धितोमा राखेको ग्राहकको साँढे ३ किलो सुन नै भ्वाम पार्यो



 

 

बरु चोर, डाँका गुण्डाले त एक पटक मार्छ, तर बैंकले पटक पटक मार्दो रहेछ हजुर, बैंक भनेको सुट टाई लगाएका गुण्डा रहेछन, यो भनाई हो, सिटिजन्स बैंक इन्टरनेशनलका एक जना पीडित ग्राहक सुनिल बज्राचार्यको । बज्राचार्य कै भनाई अनुसार उनी पेसाले सुन व्यवसायी हुन । दुखजिलो गरेर भक्तपुरको पाण्डुबजारमा उनले सुन व्यवसाय सञ्चालन गर्दे आएका छन् ।

यही व्यवसाय सञ्चालन गर्ने सिलसिलामा उनी बिसं २०६८ सालदेखि सिटिजन्स बैंकको भक्तपुर शाखासंग जोडिए । उनले त्यतिबेला एक ग्राम सुन बराबर चार हजार पाँच सय र २० प्रतिशत मार्जिन कटाएर सुनधितो कर्जा लिए । यसको लागि उनले आफु संग भएको सुन धितो दिए । पछि सुनको भाउ घटेको भन्दै बैंकले ३० प्रतिशत मार्जिन काट्दै उक्त कर्जाको लागि सुन अपुग भएको कारण देखाउँदै पैसा थप्नु पर्यो भन्दै ताकेता गर्यो ।

धितोमा राखेको चुरा, तिलहरी, औठी लगाययतका सामानले कर्जा नथेग्ने भन्दै पुरानो ऋणको तमसुक मिलाउनु पर्छ भन्दै बैंकले बज्र्राचार्यलाई ताकेता गर्न थाल्यो । पुरानो तमसुक मिलाउनको लागि बैंकले उनलाई केही दिनको लागि पुरानो तमसुक अनुसारको सुन हुदा हुदै थप साँढे दुई केजी नयाँ सुन धितोमा दिन आग्रह गर्यो ।

बैंकले बिश्वासमा पारेपछि बज्राचार्यले पनि आफ्नो आफन्त, ग्राहक सबैको गहना जम्मा गरेर बैंकलाई साँढे दुई केजी नयाँ सुन  दियो । उत्त बैकको म्यानेजनरले बैकलाई तिर्नुपर्ने सम्पुण लोन चुक्ता गर्दिनुस बैकमा धितोमा राखेको सम्पुर्ण सुनपनि फिर्ता दिन्छु भनेपनि मैले मिति २०७६ साल असार १७ गते सम्पुण लोन चुक्ता गरीदिए तर बैकले हालसम्म पनि मैले लिनुपर्ने तिन किलो नौ सय चार ग्रम सुन फिर्ता दिएन । बैकले तिन सय एक्काइस दशमलब तिस ग्राम मात्र सुन बाँकी छ भन्यो । बाँकी अरु मेरो साँढे तिन किलो सुन बैकले सोझै खान खोज्यो । तमसुक अनुसार धितोमा रहेको पुरानो सुन खोज्दैछु भनेर मलाई पन्छाउदै गर्यो ।

यसको लागि उनले धेरै पटक बैंक धाई सके । धाउने क्रममा बैंकका भक्तपुर शाखा प्रर्वन्धक महेश कार्कीले पटक पटक उनलाई धम्काएको, गाली गलौज गरेको आरोप उनको रहेको छ । म मेरो बाउको कुरा समेत सुन्दिन, तपाईको कुरा किन सुन्ने, तपाईको पुरानो हिसाब पुरानो म्यानेजरसंग गएर गर्नुहोस् म नयाँ म्यानेजर हो, मलाई तपाईको पुरानो कुरा थाहा छैन, त्यतिबेला शाखा प्रर्वन्धक कार्कीले मलाई भनेको शब्दहरु यिनै हुन हजुर, पीडित ग्राहक बज्राचार्यले भने । मैले बिसं २०६८ साल देखि सिटिजन्स बैंकसंग कारोबार गरेको हुंन, त्यो बेला देखि तीन जना म्यानजेर फेरिसके, मैले त म्यानेजर संग होईन बैंक संग कारोबार गरेको हो, म्यानेजर मलाई सोधेर आउँछ र उनी भन्छन् ।

बैंकले आफुलाई ठग्न खोजेपछि आफुले बैंकलाई तिनुपर्ने सावाँ व्याज लगायतका सबै दायित्व भुक्तान गरिसकेको उनको भनाई छ । बैकले निकै बदमासी गर्यो । मैले बिसं २०७६ साल असार १७ गते बैंकलाई बुझाउनु पर्ने सबै सावाँ व्याज चुक्ता गरे । तर पनि बैंकले मेरो नयाँ सुन दिन मानेन ।

जहिले पनि मलाई पुरानो तमसुक खोज्दै छु भनेर पन्छाउँदै गरयो । बैंकले पुरानो तमसुकमा धितोमा रहेको सुनमा पनि कुन सुन कति परिमाणको छ केही पनि नखुलाई नियतबस नैं ठगी गर्ने गरी तमसुक गरेको पनि पीडित ग्राहक बज्राचार्यले बताएका छन् । बैकले अहिले बिभिन्न किसिमको बहाना झिक्दै आफ्नो धितोमा रहेको सुन फिर्ता नदिएर पचाउन खोजेको  बज्राचार्यले बताएका  छन् ।

 

प्रतिक्रिया दिनुहोस
म आफैं अदालत उपस्थित हुन्छु : मनाङे

    गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट

ऊर्जा राज्यमन्त्री तामाङ कै कम्पनी कालोसूचीमा

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन

हेटौंडा १२ मा एमालेका उम्मेदवार राजेश नगरकोटीले जित्ने बजार हल्ला

     निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि

नारायणगढ–मुग्लिन सडकमा बस र हायस ठोक्किँदा ५ जनाको मृत्यु

    नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु