राज्य कालोबजारीको कब्जामा : एमाले



हाम्रो इकोनोमि

 

 

प्रमुख विपक्षी नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको एक वर्षमा कुशासनले सीमा नाघेको र राज्य बिचौलियाको कब्जामा गएको भन्दै मूल्यवृद्धिको एक वर्षको ग्राफ सार्वजनिक गरेको छ । पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एमालेले सरकार छाडेको एक वर्षमा उपभोग्य वस्तुको मूल्य शत प्रतिशतसम्म वृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको हो ।

विभागका प्रमुख तथा सांसद यज्ञराज सुनुवारले सुशासनका दृष्टिले बितेको एक वर्ष भ्रष्टाचार र राज्यको बिचौलियाकरणमा परिणत भएको र दैनिक उपभोग्य वस्तुको मूल्य कहालीलाग्दो ढंगले वृद्धि भएको बताए । सुनुवारले अब एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले नियमित अनुगमन गरेर सत्यतथ्य सार्वजनिक गर्ने तथा सडक र संसदबाट भण्डाफोर हुने बताए ।

एमालेका अनुसार दैनिक उपभोग्य वस्तुका साथै निर्माण सामग्री र इन्धनमा मूल्यवृद्धि गर्दा निश्चित व्यापारीलाई पहिले नै जानकारी दिएर स्टक गर्न लगाइएकोसमेत पाइएको छ । सरकारमा बसेका व्यक्तिहरु नै कालोबजारीमा संलग्न रहेको एमालेको आरोप छ । कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिका नाममा अहिले देशमा वित्तीय गठबन्धन र बिचौलियाको राज चलेको बताए ।

उपभोक्ता हित संरक्षणको क्षेत्रमा क्रियाशील कुमारी खरेल र विमला खनालले कार्यक्रममा मूल्यवृद्धिसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै अब आन्दोलनको विकल्प नरहेको बताए । एमालेले गठबन्धन सरकार आएपछि सार्वजनिक यातायातमा २८ प्रतिशत र ढुवानी भाडामा २६ प्रतिशत मूल्यवृद्धि गरिएको जनाएको छ ।

त्यस्तै बिचौलियाको प्रभावमा परेर दूधमा एकैपटक १४ रुपैयाँसम्म वृद्धि गरिएको र दही, घ्यू जस्ता पदार्थमा समेत १२ प्रतिशत मूल्यवृद्धि गरिएको एमालेको रिपोर्टमा छ । खाने तेलमा एकैपटक ११० रुपैयाँसम्म मूल्यवृद्धि गर्दा व्यापारीसँग सेटिङ मिलाइएको र दाल, चामल, चिनी जस्ता दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिमा समेत बिचौलियासँग सेटिङ गरिएको आरोप एमालेको छ ।

एमाले नेतृत्वको सरकारको पालामा ४ प्रतिशतभन्दा माथि बढ्न नदिइएको मूल्यवृद्धि गठबन्धन सरकार बनेपछि करीब ९ प्रतिशतमा पुगेको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्चकी उपमहासचिव अधिवक्ता कुमारी खरेलले आयल निगमलाई निजीकरण गर्न १० अर्बको चलखेल भएको र केही रकम गठबन्धनका नेताले लिइसकेको सूचना आफूहरुसँग रहेको दाबीसमेत गरिन् । कार्यक्रममा एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरु सहभागी थिए ।

  

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...