आफूले धेरै नजिते पनि एमाले हराउने शक्ति हौं : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले स्थानीय चुनावमा धेरै पाउन नसके पनि एमालेलाई हराउन काफी भएको दाबी गरेका छन् । नेकपा एसको वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूको शक्तिलाई अवमूल्यन गर्दा गठबन्धनले पनि उल्लेख्य सफलता पाउन नसकेको बताए ।

नेपालले भने, ‘निकै ठूलो सम्भावना भएको भनिएको पार्टीले निकै ठूलो धक्का खान पुग्यो । हामी ग्राफ हेर्दै थियौं, कांग्रेसले कति पायो, एमाले र माओवादीले कति जिते भन्ने ग्राफ । राजनीतिमा आफूले धेरै पाउन सकेनन् भने अर्कोलाई सिध्याउन पनि काफी हुन्न । अहिले सुन्नुभएको होला, कतिपय ठाउँमा एक सिट जितेकोलाई मुख्यमन्त्री बनाइयो । हाम्रो शक्तिलाई अवमूल्यन गर्छन् भने महँगो मूल्य चुकाउनुपर्न हुन्छ ।’

अध्यक्ष नेपालले आफूहरू गठबन्धनको नाममा बढी आशावादी भइरहेको भन्दै एक्लै आफ्नो शक्ति बनाउन लाग्नुपर्ने बताए । उनले गठबन्धनको उम्मेदवार भएपछि सानदार जितिन्छ भन्ने भ्रममा नबस्न समेत कार्यकर्तालाई आग्रह गरे । उनले अपमान गरिए गठबन्धनलाई चुनाव जित्न अप्ठेरोमा पर्ने चेतावनी समेत दिए ।

उनले भने, ‘गठबन्धनको उम्मेदवार बन्छौं सानदार जित्छौं भन्ने हाम्रोमा मानसिकता भयो । आफ्नो शक्ति बनाउन लागेनौं । हामीले कांग्रेस र माओवादीलाई हिर्काएको हिर्काएकै छौं । तिमीहरूको अहंकार, धोखाधडी र बेइमानीले जसरी गठबन्धनले जित्नुपर्थ्यो त्यो नहुने खतरा अहिले पनि छ भनिरहेका छौं । तर, हामीसँग अरु विकल्प पनि छैन ।’

अध्यक्ष नेपालले एमालेले अहिले आफूहरुलाई धेरै प्रहार नगरेकाले आफूहरूले पनि धेरै प्रहार नगर्ने बताए । तर, एमालेको भ्रममा पर्न नहुने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...

जसपा नेपालका उम्मेदवार नै एमालेमा प्रवेश

    प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी...