किन जाँदैछन पुष्पकमल दाहाल भारत



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । उनी दिउँसो १ बजे नयाँ दिल्ली उड्ने छन् । प्रचण्डको यो भ्रमण आकस्मिक हो । भारतीय दूतावास स्रोतका अनुसार प्रचण्डले ३ दिने भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने योजना रहेपनि निश्चित भइनसकेको बताइएको छ ।

भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि भेटवार्ता हुने तालिका रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेताको नेपाल भ्रमणलगत्तै प्रचण्ड भारत जानुले फरक ढंगले हेरिएको छ । यसै क्रममा सरकारको नेतृत्व गरिरहेको कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा भारतकै भ्रमणमा छिन् । विशेष गरी चीनलाई काउन्टर दिने भारतको योजनाअनुरुपको भ्रमण हुनसक्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ । प्रचण्ड आइतबार स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...